काठमाडौँ– भूकम्पीय दृष्टिकोणले जोखिमयुक्त रहेका पश्चिम नेपालका विद्यालयहरुलाई सुरक्षित बनाउन बेलायती अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डीएफआईडीले सुरक्षित स्कुल परियोजना सुरु गरेको छ ।


ADVERTISEMENT


कर्णालीप्रदेश र प्रदेश नम्बर ५ र ७ का स्कुलहरुमा सन् २०१८ देखि २०२३ सम्म लागू हुने ५ बर्षीय परियोजनाले जोखिम न्यूनीकरण गर्नका लागि रेट्रोफिट अर्थात प्रबलीकरण गर्ने र केही स्कुललाई पुनर्निर्माण गर्ने योजना बनाएको छ ।


ADVERTISEMENT

# # #


सरकारको विद्यालय विकास परियोजना अन्तर्गत रही यस परियोजनाले ३ वटा प्रदेशका झण्डै ५ सय सामुदायिक विद्यालयहरुका २५ सय कक्षा कोठालाई भूकम्पीय दृष्टिकोणले सुरक्षित बनाउन सहयोग पुर्याउने शिक्षा विभागका निर्देशक दीपक शर्माले जानकारी दिए ।

परियोजनाको सुभारम्भ कार्यक्रममा बोल्दै शर्माले विपद् जोखिमयुक्त विद्यालयहरुलाई यो परियोजनाले नयाँ तरिकाले सुरक्षा गर्ने र यसका सिकाइहरुलाई देशभर प्रयोग गर्न सकिने विश्वास व्यक्त गरे ।

यस्तै डीएफआइडीकी संरचना सल्लाहकार एलेनोर बेन्ब्रिजले ‘रुपमा विद्यालयहरुलाई र सारमा नेपाली समुदायलाई’ विपद्को जोखिमबाट जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । ५ सय विद्यालयमध्ये केहीमा प्रबलीकरण गरेर र केहीलाई पुनर्निर्माण गरेर भूकम्पीय दृष्टिकोणले सुरक्षित बनाउने उनले जानकारी दिइन् ।

भूकम्प लगायत विभिन्न प्रकोपको दृष्टिकोणले नेपाल अत्यन्तै जोखिमयुक्त देश हो । अधिकांश विद्यालयहरु भूकम्पीय दृष्टिकोणले कमजोर रहेको अध्ययनहरुले देखाएको छ । २०७२ सालको गोरखा भूकम्पमा धेरै स्कुलहरु ध्वस्त भएका थिए । जुन अहिले पनि पुनर्निर्माणको चरणमा छन् ।