डडेल्धुरा– अवैधरूपले लिइएका तीन थान भरुवा बन्दुकसहित चार जनालाई यहाँको प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


अवैध भरुवा बन्दुक घरमा लुकाई छिपाई राखेको अवस्थामा गन्यापधुरा–३ का केशबबहादुर शाही, टेकबहादुर भुल र कर्णबहादुर भुल र शकंरबहादुर शाहीलाई अवैध हातहतियार लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


उनीहरूलाई हिरासतमा राखी आनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।