काठमाडौँ– सुन तस्करी तथा सनम शाक्य हत्याका आरोपी एसएसपी श्यामबहादुर खत्रीलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।


ADVERTISEMENT


मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई थुनामा राख्ने आदेश दिएको हो। जिल्ला अदालत मोरङले बिहिवार बयान र थुनछेक बहसपछि जिल्ला कारागार मोरङ पठाउन आदेश दिएको हो।


ADVERTISEMENT

# # #


३८ सय किलो सुन प्रकरणमा जोडिएका एसएसपी खत्रीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरे लगतै उनी बिहीवार अदालतमा पुगेका हुन् ।

अदालतको बयानमा एसएसपी खत्रीले सुन तस्करी गरेको अस्वीकार गरेका छन्।