बुटवल–प्रदेश नंं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सम्पति विवरण सार्वजनिक गरेका छन् । प्रदेश सरकारका ६ मन्त्री मध्ये सम्पत्ति विवरण सार्वजनिक गर्ने उनी पहिलो मन्त्री हुन् । उनले आफनो र परिवारको सगोलमा भएको जग्गा, सुन तथा नगदको विवरण सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


मन्त्री बरालको नगद २ लाख ७५ हजार, सुन एक तोला, एक लाखको शेयर र १२ लाख ऋण भएको सार्वजनिक गरेका छन् । मन्त्री बरालको नाममा एक मोटरसाइकल र २ वटा ल्यापटप रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


दुई ल्यापटप मध्ये एउटा किनेको र अर्को उपहार आएको विवरणमा छ । बरालको रिडी इन्भेस्टमेन्टमा १ लाखको शेयर रहेको छ भने मैत्री सहकारी संस्था गुल्मीमा ५ लाख, बिभिन्न ब्यक्तिसँग ऋण सापटी ७ लाख र लु २० प ३६७४ नं को २ लाख २९ हजारको मोटरसाइकल रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै सामाजिक विकास मन्त्री बरालले घरको पैत्रिक सम्पत्ति सामुहिक रुपमा रहेको उल्लेख गरेका छन् ।

उनको पैत्रिक सम्पति भानुभक्त बरालको नाममा गुल्मीको चन्ऽकोटमा ५० रोपनीमा कच्ची घर, भाइहरुको सगोलमा चन्कोटकै वडा नं ३ मा १८ रोपनी जग्गा, श्रीमति लिला थापा बरालको नाममा १७ लाख ५५ हजार बैंकमा नगद रहेको सार्वजनिक गरेका छन् ।