विराटनगर(रासस)–जनताको सेवा गर्छु भनेर जनताको मतबाट विजयी बनेका जनप्रतिनिधिले नै बाढी पीडितसँग रकम असुल्न थालेपछि कसको के लाग्छ र ? मोरङ रंगेली नगरपालिका– ४ का बाढीपीडितले यस्तो गुनासो गरेका छन् ।


ADVERTISEMENT


पीडितद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सोही नगरपालिका–४ का वडाध्यक्ष गोविन्दा मण्डलले आफूहरुसंग बाढीपीडितका लागि राहतस्वरुप आएको रकम उपलब्ध गराएवापत केहि रकम मागेको गुनासो व्यक्त गरें ।


ADVERTISEMENT

# # #


गएको वर्षमा बाढीबाट पीडित भएका परिवारलाई सरकारले प्रतिपरिवार रु २५ हजार उपलब्ध गराएकोमा पीडितबाट वडाध्यक्षले परिवार हेरी रकम असुलेको र कसैलाई भनेमा अब आउने राहत रु ५० हजार नदिने भन्दै रकम असुलेको पीडित जुलाई मण्डलले जानकारी दिएका छन् । उनले आफूसँग रु पाँच हजार वडाध्यक्षले लिएको पनि बताएका छन् ।

यसैगरी, पीडित भूपेन्द्र क्रिषिदेवसँग रु ५००, सुनिता देवी क्रृषिदेवसँग रु सात हजार र पारोदेवी क्रृषिदेवसँग रु दुई हजार असुलेको सो अवसरमा बताइयो ।

जनप्रतिनिधिले जनताको पक्षबाट वकालत गर्नु पर्नेमा उल्टै भ्रष्ट आचरण देखाउने यस्ता जनप्रतिनिधिलाई सत्यतथ्य पत्ता लगाई कडा कारवाहीका लागि पहल गरिदिनहुन पीडित अवधेश मण्डलले पत्रकारसंग आग्रह गरेका छन् ।