काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पामा आज भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । ओलीले शुक्रबार अपरान्ह सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


उनले भनेका छन् ‘सहकारी संस्थाको अवलोकनका लागि यात्रु बोकेर पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना भएको खवरले मलाई अत्यन्त दुःख लागेको छ ।’


ADVERTISEMENT

# # #


त्यस्तै प्रधानमन्त्री ओलीले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका थिए ।

शुक्रबार बिहान भएको उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो ।