काठमाडौँ–सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका एसएसपी श्याम खत्रीले आफूलाई अहिलेको प्रधानमन्त्री समेतले दोसल्ला ओढाई सम्मान गरेको बयान दिएका छन् ।


ADVERTISEMENT


तपाईँ आफ्नो जागिरको सिलसिलामा कहाँकहाँ बस्नुभयो भनी अदालतमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा उनले आफू सेवामा रहँदा धेरै पुरस्कार पाएको उल्लेख गरेका हुन् ।


ADVERTISEMENT

# # #


“म सेवामा रहँदा धेरै पुरस्कार पनि पाएँ । राष्ट्रपतिबाट पाउने प्रवल श्री चौथो पुरस्कार पनि पाएको छु”, उनले बयानमा भनेका छन्, “रेकर्डमा जनिने गरी दश चोटी पुरस्कार पनि पाएको छु । अहिलेका प्रधानमन्त्री समेतले मलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।”

बयानको अ‌ंश
उनले आफ्नो बयानमा भित्रैबाट आफूलाई फसाउँन लागिपरेको आरोप लगाएका छन् । “म अलिक छुच्चो मानिस भएको हुँदा हाल आएर यस्तो मुद्दा समेत खेप्नु पर्यो । मलाई अहिले पनि भित्रबाटै फसाउन लागिपरेका छन्”, उनले भनेका छन् ।

एसएसपी खत्री मुद्दा दर्ता भएपछि फरार भएका थिए । उनीविरुद्ध मंगलबार प्रहरी प्रधान कार्यालयले डिफ्युजन नोटिस जारी गरेपछि उनी आफैले अदालतमा सरेन्डर गरेका हुन् ।

मुद्दामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेति ‘गोरे’ले एसएसपी खत्रीकै लाइनबाट विमानस्थलबाट सुन बाहिरिने गरेको बयान दिएका थिए । खत्रीले एक किलो सुनको ५० हजार रुपैयाँ कमिसन लिने गरेको र ५ सय किलोसम्म सुन तस्करी भएको बताएका थिए ।