काठमाडौं – विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता नेता भिष्मराज आङ्दाम्वेले भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको यस विपद्को समयमा सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गरे ।


ADVERTISEMENT


प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले प्राकृतिक प्रकोप पछि सरकारले तत्कालै क्रियाशीलता देखाएकोमा धन्यवाद व्यक्त गर्नुहुँदै पक्ष–विपक्षभन्दा पनि संकटको घडीमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हालसम्म ८ वटा हेलिकप्टर परिचालन भइसकेको र घाइते तथा बिरामीहरूको तत्काल उपचारका लागि त्रिशूली अस्पताललाई सम्पूर्ण आवश्यक स्वास्थ्य उपकरणसहित पूर्ण तयारी अवस्थामा राखिने उल्लेख गरे ।

विपद्को यस घडीमा पक्ष–प्रतिपक्ष नभनी सम्पूर्ण राज्य संयन्त्र, उपलब्ध स्रोतसाधन र मन्त्रालयहरूलाई बिनाहिचकिचाहट परिचालन गरी नागरिकको उद्धार तथा राहतमा खटिने साझा प्रतिबद्धता उनको भनाइ छ ।