काठमाडौं– काठमाडौंको कपनस्थित् जोसेफ माध्यामिक विद्यालयका विद्यार्थीहरुले सुर्तीजन्य पदार्थको रोकथामको लागि अब अभियान नै सञ्चालन गर्ने भएका छन् ।


ADVERTISEMENT


आईतबार विद्यालय परिसरमा क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंकको प्रायोजनमा आयोजित बृहत्त अन्तरक्रियात्मक तथा जनचेतनामूलक कार्यक्रममा सहभागी विद्यार्थीहरुले विद्यालय वरिपरि सुर्तीजन्य पदार्थको रोकथामको लागि आजैबाट पहल गर्ने वचनवद्धता जनाएका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै विद्यार्थीहरुले यो अभियानलाई देशव्यापी बनाउने पनि विश्वास दिलाएका छन् ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले फ्रान्सजस्तो देशमा जनचेतनाकै कारण सुर्तीजन्य पदार्थको प्रयोगमा उत्साहित रुपमा कमी आएको दृष्टान्त पेश गरेका थिए ।

डा. पौडेलका अनुसार नेपालले पनि अब यस्तो उदाहरणीय कार्यलाई व्यवहारिक रुपमा उतार्न सके सुर्तीजन्य पदार्थको रोकथाम छोटो समयमा हुन सक्ने सुझाए ।