काठमाडौं- गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको विनासकारी बाढीले बगाएका २ सय ८३ वटा शव टिचिङ अस्पतालमा ल्याइएको छ ।
बाढीले बगाएकाहरुको २ सय ८३ शव मध्य २ सय २० शवको पोष्टमार्टम गरिएको र १ सय ६० वटा शवको व्यबस्थापन गरिएको प्रहरीले जनाएको छ । त्यसै गरी २६ शवको सनाखत भइसकेको र २४ शव आफन्तले बुझेर लगेको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डिआइजी खुमबहादुर रानाले जानकारी दिएका छन् । बाँकी रहेका शवहरुको पोष्टमार्टम प्रक्रिया अगाडी बडाईएको उनले जानकारी दिएका छन् ।
उनले बढीका कारण धेरै शवहरु क्षतविक्षत अवस्थामा रहेका कारण प्रमाणित गर्न समस्या भएको बताएका छन् ।
त्यस्तै प्रमाणित नभएका शबहरुको डिएनए लिने काम पनि भइरहेको उनले जानकारी दिएका छन्।
































































