काठमाडौं–अन्ततः प्रदेश नम्बर ४ को नाम के राख्ने भन्ने बहस सकिएको छ । लामो समयसम्म नाम के राख्ने भन्ने विषयमा अन्योलमा रहेको प्रदेश ४ लाई ‘गण्डकी प्रदेश’ कायम गर्न ४५ जना प्रदेशसभा सदस्यले सहमति जनाएका छन्। यो संख्या प्रदेशको नामांकनको लागि आवश्यक दुई तिहाई बहुमत भन्दा बढी हो ।


ADVERTISEMENT


प्रदेश नम्बर ४ का कुल ६० (निर्वाचनको बेला) जना प्रदेशसभा सदस्य मध्ये ७५ प्रतिशत सदस्यहरुले गण्डकी प्रदेश नाम राख्नुपर्ने सुझाव दिएका हुन् । एकीकरण अघिको एमाले र दुईवटा प्रतिपक्षी दल नेपाली कांग्रेस तथा राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्यहरुले ‘गण्डकी प्रदेश’ नाम राख्न सहमति जनाएका हुन । सत्ताघटक अर्को दल साविकको माओवादी केन्द्रले भने लिखित सुझाव बुझाएन । नयाँ शक्ति पार्टी नेपालले भने ‘गण्डकी तमुवान’, ‘गण्डकी’ र ‘अन्नपूर्ण’ मध्ये कुनै नाम राख्नुपर्ने सुझाव दिएको थियो ।


ADVERTISEMENT

# # #


यस्तै, प्रदेशको राजधानी पोखरा राख्न माओवादी केन्द्रबाहेकका सबै दलले सहमति सहितको सुझाव दिएका छन् ।

सोमबारको प्रदेशसभा बैठकमा समितिका ज्येष्ठ सभापति विन्दु कुमार थापाले संख्यात्मक प्राथमिकताको आधारमा क्रमशः गण्डकी, तमुवान मगरात, गोरखा र धौलागिरीलाई प्रदेश नाम राख्न सकिने सुझाव सहितको प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरे । – आजको नागरिक दैनिकबाट