काठमाडौं – महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओबाट लगातार तेस्रो पटक प्रमाणित भएको छ।
गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल ठहरिएसँगै बैंकले २०८१ साल साउन ३२ गते अर्थात् सन् २०२४ अगस्ट १६ देखि लागू हुने गरी पहिलोपटक उक्त प्रमाणपत्र प्राप्त गरेको थियो। त्यसपछि २०८२ साल भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट बैंक पुनः प्रमाणित हुन सफल भएको थियो।
बैंकले २०८३ साल साउनमा भएको तेस्रो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणिकरण प्राप्त गरेको हो। यो प्रमाणिकरण २०८३ साल साउन ३२ गते अर्थात् सन् २०२६ अगस्ट १६ देखि लागू भएको बैंकले जनाएको छ।
बैंकले ‘प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ एक्टिभिटिज’ अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको जनाएको छ। यस्तो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने विकास बैंकहरूमध्ये महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको दाबी गरिएको छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गर्ने, उत्कृष्ट सेवा प्रदान गर्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने तथा आफ्नो कार्यप्रणालीमा निरन्तर सुधार गर्न सक्ने संस्थामात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुने बैंकले जनाएको छ।
प्रमाणपत्र प्राप्तिका लागि बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको विस्तृत जाँच तथा अडिट गरिएको थियो। गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ।
































































