काठमाडौं- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई थप सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले १ सय थान टेन्ट र १ सय थान स्लीपिङ ब्याग राहतस्वरूप उपलब्ध गराएको छ ।
बैंकले भदौ २५ गते जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको हो । बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु विष्टज्यूले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
यसअघि पनि प्रभु बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिसकेको जनाएको छ ।
विनाशकारी विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति प्रभु बैंकले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, सम्पर्कविहीन व्यक्तिहरूको शीघ्र उद्धार तथा घाइतेहरूको प्रभावकारी उपचारको कामना पनि बैंकले गरेको छ ।
































































