दमौली– निर्वाचन आयुक्त ईश्वरी पौडेलले सम्पूर्ण राजनीतिक दललाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेका छन्।


ADVERTISEMENT


जिल्ला निर्वाचन कार्यालय तनहुँद्वारा आज आयोजित अन्तक्रियामा आयुक्त पौडेलले आचारसंहिता उल्लघङ्नको घटना प्रमाणसहित भेटिए रु एक लाखसम्म जरिवाना र उम्मेदवारी नै रद्द हुन सक्ने भनी दलका उम्मेदवारलाई सचेत गराए । समय छोटो भएकाले मतदाता शिक्षा कार्यक्रमलाई सोचेअनुरुप प्रभावकारी गराउन नसकिएको स्वीकार गर्दै उनले आफ्नो मत सुरक्षित र सदर गराउनमा लाग्न राजनीतिक दललाई अग्रह गरे ।


ADVERTISEMENT

# # #


प्रजिअ फणिन्द्रमणि पोख्रेल, जिल्ला निर्वाचन अधिकारी बाबुराम घिमिरेलगायतले निर्वाचनलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

मतदाता परिचयपत्र वितरण

स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १० वटै स्थानीय तहमा रहेका मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । चार नगरपालिका र छ गाउँपालिकामा रहेका एक सय ३६ मतदानस्थलका दुई सय ५३ मतदान केन्द्रबाट एक लाख ९४ हजार चार सय ७१ मतदातालाई परिचयपत्र वितरण गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।