काठमाडौं- नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।


ADVERTISEMENT


कम्पनीले छुट्टाछुट्टै कार्यक्रममार्फत कुशल भुर्तेल र नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । यससँगै दुवैले नेपाल टेलिकमका विभिन्न सेवा तथा सुविधाको प्रचार–प्रसारमा सक्रिय भूमिका निर्वाह गर्नेछन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले खेलकुद तथा मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वसँगको सहकार्यले कम्पनी र आम नागरिकबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिन् ।

उनले यस्तो साझेदारीले नेपाल टेलिकमको सामाजिक छवि अभिवृद्धि गर्नुका साथै व्यवसाय प्रवर्द्धन र कम्पनीका सेवा–सुविधाको प्रचार–प्रसारमा नयाँ ऊर्जा थप्ने बताइन् ।

नवनियुक्त ब्रान्ड एम्बेसडर कुशल भुर्तेल र नीति शाहले देशकै ठूलो तथा स्वदेशी लगानीको दूरसञ्चार संस्थासँग जोडिन पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको बताएका छन् ।

उनीहरूले नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कम्पनीको सामाजिक छवि संरक्षण, सेवा–सुविधाको प्रवर्द्धन तथा बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल टेलिकमले आफ्ना ब्रान्ड एम्बेसडरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपाली ग्राहकवर्गमाझ कम्पनीका विभिन्न सेवा तथा सुविधाको प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ ।