काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार २०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।