काठमाडौं – देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैकले सामाजिक उत्तरदायित्व अन्र्तगत आज मिति २०८३/०५/३० गते देशको सातै प्रदेशमा नेपाल रेडक्रस सोसाइटी संगको सहकार्यमा रक्तदान कार्यक्रम संचालन गरेको छ ।
यहि क्रममा सातै प्रदेशमा रहेका बैंकका शाखा कार्यालयहरु : बाग्मती प्रदेशमा केन्द्रिय कार्यालय बबरमहल र नारायणगढ शाखा, चितवन ; कोशी प्रदेशमा विराटनगर शाखा ; मधेस प्रदेशमा सिमरा शाखा ; गण्डकी प्रदेशमा अमरसिंहचोक शाखा, पोखरा ; लुम्बिनी प्रदेशमा बुटबल शाखा ; कर्णाली प्रदेशमा सुर्खेत शाखा तथा सुदुर–पश्चिम प्रदेशमा धनगढी शाखा गरी एकै समयमा केन्द्रिय कार्यालय सहित बैकका ८ वटा शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ । उक्त रक्तदान कार्यक्रममा सातै प्रदेशमा सहभागीहरु बाट ३२१ पिन्ट रगत संकलन भएको छ ।
यस अघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. २ करोड ११ लाख ११ हजार १११ सय साथै प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० पचास रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे थियो ।
त्यसै गरी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोग स्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।
प्रभु बैंकले विपद्को यस कठिन घडिमा प्रभावित नागरिक तथा समुदायको राहत उद्धार र पुनस्र्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्व लाई निरन्तरता दिने प्रतिबद्घता व्यक्त गरेको छ ।































































