काठमाडौं – बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँतोकेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ घटेको हो ।
अघिल्लो दिन बुधबार सुनको मूल्य ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य आज तोलामा १६५ रुपैयाँ घटेको छ । आज ४ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
































































