काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नो महाधिवेशनको मिति तय गरेको छ ।


ADVERTISEMENT


पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा देशव्यापी आन्दोलनमा उत्रिएको नेविसंघले आफ्नो दुई वर्षे अवधिभित्रै साउन २३ देखि २७ मा बाह्रौँ महाधिवेशनको सम्पन्न गर्ने भएको हो । २०७४ साल असोज ३१ गतेको राष्ट्रिय रणनीतिक प्रशिक्षण भेलाको बन्दसत्रबाट पास भएको समय अनुसार नै महाधिवेशन सम्पन्न हुने नेविसंघका मुख्य सचिव डिल्लीराज हमालले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


बिहीबार नेपाल ल क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष महरले संघियतामा देश प्रवेश गरिसकेको अवस्थामा नेविसंघ विधान र नियमावलीलाई समयानुकुल बनाउन मस्यौदा तयार भइसकेको बताए । यस्तै पूर्व केन्द्रीय अध्यक्ष एवम् पदाधिकारीसंग जेठ ३० गते अन्तक्रिया गर्ने कार्यक्रम रहेका उनले बताए ।

यसैगरी असार ३ गते ७ वटै प्रदेशका राजधानीमा विधानसम्बन्धी सुझाव संकलन गरिने नेविसंघले जनाएको छ । सुझाव संकलनका नेविसंघले सातै प्रदेशमा विभिन्न व्यक्तिलाई जिम्मेवारी तोकेको छ ।

प्रदेश १ मा विकास केसी, नविन राई, कृष्ण कार्की, प्रदेश २ मा सन्जय यादव, राजेश रौनियार, परमेश्वर शाह, प्रदेश ३ मा रामप्रसाद अधिकारी, उर्मिला थपलिया, माधव ढकाल, महेश्वरी कुँवर, प्रेमराज जोशीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै प्रदेश नं. ४ मा डिल्लीराम सुवेदी, सागर परियार, हरिहर शर्मा, शिव रिमाल, प्रदेश ५ मा प्रकाश राना, पवन यादव, प्रकाश घिमिरे, ललिता सुनार, प्रदेश ६ मा खडग डाँगी, इश्वर बिष्ट, सधना घिमिरे र प्रदेश ७ मा पुष्पकुमार शाही, अम्बिका चलाउने, अच्युत कलौनीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै अषाढ १ देखि सदस्यता वितरण, प्रशिक्षण तथा शैक्षिक विशेष अभियान सञ्चालन हुने र अषाढ २० गतेदेखि शैक्षिक संस्था, स्थानीय तह , जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

पेट्रोलियम पदार्थको मूलयवृद्धि फिर्ता नभए आन्दोलनमा उत्रिने

पेट्रलियम पदार्थमा गरेको मूल्य वृद्धि र इन्टरनेट प्रयोगकर्तालाई लगाएको कर अबिलम्ब फिर्ता गर्न नेविसंघले चेतावनी दिएको छ । उक्त निर्णय फिता नभए निम्न आन्दोलन गर्ने नेविसंघले बताएको छ ।

१ जेठ २७ गते : सबै जिल्लामा सिठी जुलुस,
२ जेठ २९ गते : सबै जिल्ला सदरमुकाममा मसाल जुलुस,
३ जेठ ३१ गते : सबै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने