विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ २६ गते प्रदेश नं १ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।


ADVERTISEMENT


प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्री ओली प्रदेशसभाको जारी अधिवेशनलाई यही जेठ २६ गते सम्बोधन गर्ने जानकारी दिए । प्रदेश सरकार अहिले नीति तथा कार्यक्रमसँगै बजेटको तयारीमा व्यस्त छन् ।


ADVERTISEMENT

# # #


यसअघि पूर्वबजेट छलफलका लागि प्रदेशसभाको बैठक तीन दिन बसेको थियो । प्रदेशसभाको अर्को बैठक शुक्रबार बस्दैछ ।