काठमाडौं–अहिलेको समयमा एक सय रुपयाँले ठुलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका १२ विश्वम्भरपुरका एक बृद्धले ज्यान गुमाउनुपरेको छ ।


ADVERTISEMENT


स्थानीय मख्खन साहको पम्पिङसेटबाट आफ्नो खेतमा सिँचाई गरेका थिए । यसबापत उनले मख्खनलाई सय रुपैयाँ तिर्न बाँकी थियो ।


ADVERTISEMENT

# # #


मख्खनले बुधबार साँझ मैनेजरसँग पैसा मागेपछि विवाद भएको थियो । पैसा तिरेरै जा भनी मख्खनले जबरजस्ति गरेपछि मैनेजरसाग विवाद भएको थियो, एक स्थानीयले भने, पछि झडपकै रुप लियो ।

झडपमका क्रममा मख्खनका छोरा २० बर्षीया दीपक साहले मैनेजरमाथि चिर्पट प्रहार गरेका थिए । – आजको कान्तिपुरबाट