पोखरा– पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सुरु भएको छ । अयोग र दलका प्रतिनिधिको सर्बदलीय बैठक भर्खरै सकिएकाले केही समय अघि मतगणना सुरु भएको हो ।


ADVERTISEMENT


पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेबाट मेयरमा मानबहादुर जिसी र नेपाली कांग्रेसबाट रामजी कुँवर उठेका छन् । त्यसैगरी राप्रपाबाट गीता गुरुङ तथा बाबुराम भट्टराईको नयाँशक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच तालमेल भएकोले हुमबहादुर तमु मेयरका लागि उठेका छन् ।


ADVERTISEMENT

# # #


नेकपा माओवादी केन्द्रले कांग्रेस मयरलाई सघाउने भएकाले रामजी कुँवर जित्ने अनुमान गरिएको छ तर यता नेकपा एमालेले पनि आफु पोखराबाट जित्ने दाबी गरिरहेको छ ।