काठमाडौँ– लामो समयको प्रतीक्षापछि काठमाडौँ महानगरपालिकाको मत गणना सुरु भएको छ । बिहान ८ बजेबाट सुरु हुने भनिए पनि सर्वदलिय बैठक बस्न ढिलो भएकाले मध्यान्ह १२ पछि मतगणना सुरु भएको हो । वडा नं. १ र ३२ वडाबाट मतगणना सुरु भएको हो ।


ADVERTISEMENT


मतगणना स्थल राष्ट्रिय सभागृह परिषरमा यतिबेला राजनीतिक दलका कार्यकर्ता, सुवेच्छुक र पत्रकारको ठूलो संख्यामा उपस्थिति छ ।


ADVERTISEMENT

# # #


काठमाडौंको मेयरमा काँग्रेसका राजुराज जोशी र एमालेका विद्यासुन्दर शाक्यबीच मुख्य प्रतिस्पर्धा हुने प्रक्षेपण छ। नयाँ अनुहारमा साझा पार्टीका किशोर थापा र विवेकशील नेपालीकी रञ्जु न्यौपाने पनि चर्चामा छन्। शाक्य र जोशी बीच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।