सल्यान– सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा बाढी पसेको छ । आइतबार बिहान ३ बजे बजारमा बाढी पस्दा स्थानीय व्यापारीको करोडौंको सरसामान डुबेको छ । सल्लीबजारको गैरीबजारमा रहेका ४० घरमा रहेका पसलमा पानी पसेपछि लाखौंको सामानमा क्षति पुगेको हो ।


ADVERTISEMENT


मानवीय क्षति नभए पनि स्थानीयवासीको घरमा पानी पस्दा घरका सम्पूर्ण माल सामानमा क्षति पुगेको छ । सामान्य किराना पसल, थोक तथा फुटकर पसलमा पूर्णरुपमा ठूलो क्षति पुगेको इलाका प्रहरी कार्यालय, सल्लीबजारले जनाएको छ ।


ADVERTISEMENT

# # #


बाढीका कारण खगेश्वर शर्माको पसल, दांगाली फोटो स्टुडियो, मनि फर्निचर, बेम्बो कटेज, पूर्णिमा होटल, बागलुङ हार्डवयरको सिमेन्ट रहेको गोदाम, मेनुका किराना तथा थोक पसल लगायत तीन दर्जन पसलको सामान बाढीले बगाएको छ ।

यस्तै, छिन्चु—जाजरकोट सडक खण्डको निर्माणाधीन पक्की पुलको ढलानको सम्पूर्ण तयारी अवस्थामा रहेको पुल बगाएको स्थानीयवासी दुर्गा विसीले जानकारी दिएका छन् । त्यसैगरी, रुकुम—चौरजहारी सडकखण्डको त्रिवेणी बजारमा निर्माणाधीन पुललाई समेत बन्गाड खोलामा आएको बाढीले क्षति पुगेको छ । पटक/पटक बजारमा खोला पस्दा समेत कसैले क्षतिपूर्ति नदिएको स्थानीय व्यापारीको दुखेसो छ । सबैभन्दा ठूलो क्षति गैरीबजारमा भएको छ ।

गैरीबजारमा यो सहित तीनपटक खोला पसेको हो । इलाका प्रहरी कार्यालय सल्लीबजारले क्षतिकोे विवरण सङ्कलन गरिरहेको छ । बाढीले बजारमा रु ५० लाख भन्दा बढीको क्षति पु¥याएको प्रहरीको प्रारम्भिक अनुमान छ । बजारमा बाढी पसेपछि स्थानीयवासी विस्थापित भएका छन् । माथिल्लो बजारमा खहरे खोलाले शितली विकको घर बगाएको छ ।