काठमाडौँ– प्रधानमन्त्री एकदिवसीय क्रिकेट कपको उपाधी सशस्त्र प्रहरी बल(एपीएफ)ले कब्जा गरेको छ । त्रिभुवन आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले पहिलो पटक प्रधानमन्त्री कपको उपाधि उचालेको हो ।


ADVERTISEMENT


टियू मैदानमा २१० रनको लक्ष्य पच्छ्याएको एपीएफले ४१.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । एपीएफलाई जित दिलाउन ओपनर अनिलकुमार शाहले ६३ रन र अर्का ओपनर सुबास खकुरेल व्यक्तिगत १२ रनमा घाइते भएपछी मैदान पसेका प्रदीप ऐरीले पनि समान ६३ रन नै प्रहार गर्दै पहिलो विकेटका लागि ११९ रनको साझेदारी गरेका थिए। शाहले ७२ बलमा ४ चौका र ३ छक्का र ऐरीले ९९ बलमा २ चौका र समान छक्का प्रहार गरे।


ADVERTISEMENT

# # #


त्यसपछि एकओभरको अन्तरालमा दुवै ब्याट्सम्यान आउट भएपछी क्रिजमा आएका पृथु बास्कोटा र रोहित कुमार पौडेलले पारि सम्हाल्दै २९ रनको साझेदारी गरेका थिए। पौडेल १५ रन बनाउँदै तेस्रो विकेटको रुपमा आउट हुँदा बिनोद भण्डारीलाई खेलको तेस्रो क्याच दिएका थिए। चौथो विकेटको रुपमा पृथु बास्कोटाले पनि सोमपाल कामिको तेस्रो सिकार बन्दै ३२ रनमा बिनोद भण्डारीलाई नै क्याच दिएका थिए।

अन्त्यमा सुबास खकुरेल ब्याटिंग गर्न आउँदै अविजित १४ रन तथा करण केसीले अविजित १६ रन बनाए।

यस अघि किर्तीपुरस्थित त्रिभुव विश्वविद्यालयको मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर विकेटको क्षतिमा २ सय ९ रन बनाएको छ ।

आर्मीका लागि भीम सार्कीले सर्वाधिक ४५ रन बनाउँदा सोमपाल कामीले ३६ तथा कप्तान विनोद भण्डारीले ३५ रन बनाएपनि स्कोर २ सय माथि पुगेको हो ।

आर्मीका लागि आज आपिनिटङ जोडी जम्न सकेन । सागर पुन ५ र अनिल मण्डलले १९ रन बनाउँदा नरेश बुढाऐरले २० तथा राजु रिजालले ६ रन बनाएपछि आर्मीको इनिटङ धर्मराएको थियो ।

तर भीम सार्की र राजेश पुलामी मगरले ६८ रनका साझेदारी गरेपछि स्कोर केही माथि पुगेको थियो । उनीहरुले २३.३ ओभरमा ५६/४ को अवस्थाबाट ३७.४ ओभरमा १२४/५ मा पुर्याएका थिए । त्यसपछि सोमपाल कामी र कप्तान विनोद भण्डारीले ६७ रनको साझेदारी गर्दै टिमको स्कोरलाई सम्मानजनाक स्कोरमा पुर्याए ।

राजेश पुलामी मगरले २७ रन बनाउँदा सोमपाल कामीले २ छक्का र एक चौकाको मदतमा ३६ रन बनाए । यस्तै यस प्रतियोगिताभर आक्रामक खेल्दै आएका आर्मीका कप्तान विनोद भण्डारीले २५ बलमा ३५ रन जोडे । उनले चार चौका र एक छक्का प्रहार गरेका थिए ।

यता एपीएफका लागि करण केसीले १० ओभरमा ३८ रन खर्चिएर ३ विकेट लिए । यस्तै कप्तान वसन्त रेग्मी र भुवन कार्कीका नाममा समान २/२ विकेट रह्यो । यस्तै पवन सर्राफ र अमरसिंह रौटेलाले समान १/१ विकेट हात पारे ।

एपीएफले रु २० लाख नगद पुरस्कार पाएको छ ।