फुटबलको दुनियामा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको जहिले पनि एक अर्काबीच तुलना हुने गर्छ । आज पनि यी दुई खेलाडीलाई विश्वका सर्वाधिक उत्कृष्ट खेलाडीमा गनिन्छ । फिफा विश्वकप २ दिनपछि सुरु हुँदैछ । जसमा ७ सय ३६ जना खेलाडीले भाग लिँदैछन् । तर सबैको ध्यान यी दुई खेलाडीमा छ ।


ADVERTISEMENT


मेसी भारी कि रोनाल्डो ?


ADVERTISEMENT

# # #


२००६ देखि २०१४ को बीच भएका तीन फिफा विश्वकप संस्करणमा रोनाल्डो र मेसीको प्रदर्शनको तुलना गर्ने हो भने अर्जेन्टिनाका कप्तान मेसी पोर्चुगलका कप्तान रोनाल्डो भन्दा भारी छन् ।

मेसीको प्रदर्शनको कुरा गर्ने हो भने उनले २००६ देखि २०१४ को बीचका विश्वकपमा खेलेका १५ खेलमा ५ गोल गरेका छन् भने ३ पटक उनले आफ्ना साथीलाई गर्न गर्नमा सहयोग गरेका छन् । यता पोर्चुगलका कप्तान रोनाल्डोको प्रदर्शनमा नजर लगाउने हो भने उनले यस बीचमा खेलेका १३ खेलमा ३ गोल गरेका छन् भने २ पटक गोल गर्न साथीलाई सघाएका छन् ।

अर्जेन्टिनी स्टार मेसी र पोर्चुगल स्टार रोनाल्डोको सायद यो अन्तिम विश्वकप हुनसक्छ । मेसीले त यो विश्वकपमा अर्जेन्टिनाको प्रदर्शन नै आफ्नो अन्तराष्ट्रिय खेलको भविष्यसंग जोडिएको बताएका छन् । यो नै मेसीको सन्यासको संकेत हो ।

यता पोर्चुगलका ३३ वर्षीय रोनाल्डो पनि सायद अर्को विश्वकपमा खेल्ने छैनन् । भलै उनले त्यो छनक देखाएका छैनन् । त्यस कारण यी दुबैजना यो विश्वकप आफु र आफ्ना प्रशंसकका लागि यादगार बनाउन चाहान्छन् ।

मेसीको अहिले शानदार फर्ममा छन् । यस सिजनमा उनले जम्मा ४७ गोल गरेका छन् । जसमा ३४ गोल उनले ला लिगामा गरेका छन् । ब्राजीलमा भएको पछिल्लो विश्वकपमा मेसीले शानदार प्रदर्शनमा ७ खेलमा ४ गोल गरेका थिए ।

यता विश्वकपको एक ट्रफी पनि क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलसंग छैन । तर यस विश्वकपमा उनीमाथि नजरअन्दाज भने गर्न सकिँदैन । किनकी उनी पनि राम्रै फर्ममा छन् ।