भारतीय फुटबल टीमका कप्तान सुनिल क्षेत्रीले आइतबार इन्टरकन्टिनेन्टल कपको फाइनलमा केन्याविरुद्ध दुई गोल गरेर अजेन्टिनाका महान फुटबल खेलाडी लियोनल मेसीसंग ६४ गोलको बराबरी गरेका छन् ।


ADVERTISEMENT


क्षेत्रीको २ गोलको मदतमा भारतले केन्यालाई ५-० गोलले पराजित गरेको थियो ।


ADVERTISEMENT

# # #


क्षेत्री र मेसी अन्तर्राष्ट्रीय फुटबलमा सक्रिय खेलाडीमध्ये सबैभन्दा बढी गोल गर्ने खेलाडीमा दोस्रो स्थानमा छन् । सक्रिय फुटबलरमा सबैभन्दा बढी गोल गर्नेमा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले १५० अन्तर्राष्ट्रीय खेलमा ८१ गोल गरेका छन् ।

सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा यी दुई खेलाडी २१ औँ स्थानमा छन् । यिनीहरुभन्दा अघि आइवरी कोस्टका डीडीएर ड्रोग्बा रहेका छन् । जसले  १०४ खेलमा ६५ गोल गरेका छन् । ३३ वर्षका क्षेत्रीको या १०२ औँ खेल थियो, यस अघि उनको नाममा ६२ अन्तराष्ट्रिय गोल थियो ।

को हुन् सुनिल ?

क्षेत्रीबाहेक भारतका लागि १०० भन्दा बढी अन्तराष्ट्रिय खेल खेल्ने बाइचुङ भूटियामात्र रहेका छन् ।

३३ वर्षका सुनील क्षेत्रीको तीन गोलको मदतमा भारतले इन्टरकन्टिनेन्टल कपमा चीनिया ताइपेइलाई ५-० गोलले हराएको थियो । यस खेलमा सिर्फ २,५६९ दर्शकमात्र खेल खेर्न स्टेडियम पुगेका थिए । यसप्रति असन्तुष्ट बनेका क्षेत्रीले ट्वीटरमा एक भावुक भिडियो सार्वजनिक गरेका थिए ।

उनले भनेका थिए, ‘तपाई हामीलाई गाली गर्नुस्, आलोचना गर्नुस्, तर भारतीय फुटबल टिमको खेल हेर्नका लागि स्टेडियम आइदिनुस्’ यसमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले समेत यस भनाईमा सर्मथन जनाएका छन् ।

सुनिल क्षेत्रीको प्रोफेसनल करियरको शुरुवात २००२ सालमा भएको थियो । १७ वर्षको उमेरमा उनले मोहन बागानका लागि हस्ताक्षर गरेका थिए ।

उनी सन् २००७, २०११ र २०१४ मा अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)को वर्ष खेलाडीमा चिनिएका थिए ।