काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादबले स्वास्थ्य सेवा अब देशका हरेक गाउँ गाउँमा सहज र गुणस्तरीय रुपमा पुग्ने बताएका छन् ।


ADVERTISEMENT


सिन्धुपाल्चोकको बाह्रबिसेमा प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै मन्त्री यादवले सरकार जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यूएसएडले निर्माण गरेको स्वास्थ्य केन्द्रलाई एक कार्यक्रमका बीच आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य सचिव डा. पुष्पा चौधरी, नेपालका लागि अमेरिकाकी राजदुत अलाइना वि टेप्लिज लगायतको उपस्थिती रहेको थियो ।