काठमाडौं–प्रहरीले काठमाडौंको ठमेल क्षेत्रमा सक्रिय भएर गन्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको झैटी दउराली–८ घर भइ हाल सितापाइला बस्दै आएका २६ वर्षीय देवकुमार थापा र उनका सहयोगी धादिङको ज्वालामुखी–३ का २९ वर्षीय कमल गुरुङ छन् ।


ADVERTISEMENT


काठमाडौं प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई पेस्तोल र एउटा खुकुरीसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार थापा ‘राधे समूह’का गुन्डा हुन् ।


ADVERTISEMENT

# # #


थापाले आफूलाई ट्रेकिङ गाइड र अमृत साइन्स क्याम्पसको क्यान्टिनमा काम गर्ने व्यक्तिको रुपमा परिचय दिने गरेका छन् । गुरुङ भने थापाको निकटमा रहेर गुन्डागर्दीमा संलग्न रहेको प्रहरी बताउँछ ।

उनले आफू इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रको सेयर होल्डर भएको बयान दिएका छन् ।

होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीलाई धम्क्याएर हप्ता असुलीमा उनीहरु सक्रिय रहेको गुसानोपछि प्रहरीले निगरानी बढाएको थियो । र, खोजतलासका क्रममा उनीहरुलाई बुधबार राति ठमेल, ज्याठाको गल्लीबाट नियन्त्रणमा लिइएको परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

‘उनीहरुले बोकेको कालो झोला चेकजाँच गर्दा रिवल्वर र खुकरी फेला परेको थियो । लगत्तै, उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं’, उनले भने ।