काभ्रे–बाढी र पहिरोका कारण बीपी राजमार्ग बन्द भएको छ । अविरलको वर्षाले खहरे खोलामा आएको लेदोले काभ्रेको रोशी गाउँपालिका–९, कालढुंगामा पहिरो खस्दा राजमार्गको आवागमन प्रभावित बनेको छ ।


ADVERTISEMENT


पहिरोले दुईतर्फकै सडक अबरुद्ध हुँदा शुक्रबार बिहान पाँच बजेदेखि नै आवागमन ठप्प भएको छ । काठमाडौंबाट पूर्व जाने गाडीहरु र पूर्वबाट काठमाडौं भित्रिने गाडीहरु सडकमै रोकिँदा यात्रु अलपत्र परेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीले अबरुद्ध बाटो खुलाउन प्रयास भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार, सडकमा आएको अवरोधबारे सडक डिभिजन कार्यालयलाई जानकारी गराइएको छ भने प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाइएको छ ।