काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सल्लाह गरेर शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।


ADVERTISEMENT


बैठकका लागि चारवटा एजेण्डा तय भएको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए । स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्ने रिजालले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै महासचिव बिष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्नेछन् । बैठकले पार्टी सन्चालन नियमावली पारित गर्ने सम्भावना छ । नियमावलीको मस्यौदा स्थायी कमिटी सदस्यहरुलाई दिइसकिएको छ । उनीहरुलाई आवश्यक सुझाव सहित बैठकमा उपस्थित हुन भनिएको छ ।

बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुनेछ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटी गठन भएपछि बस्न लागेको यो पहिलो बैठक हो । स्थायी कमिटी बैठकअघि ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्नेछ ।