काठमाडौं – विश्वकप फुटवलको समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले हराएको छ । दोस्रो हाफमा आक्रामक बनेको खेलमा ८९ औँ मिनेटमा जस गिमिनेजले गोल गर्दै उरुग्वेलाई निराश हुनबाट जोगाए ।


ADVERTISEMENT


मोहम्मद सलाहबिना मैदान उत्रिएको इजिप्टले सम्झनलायक खेल खेल्यो । अन्तिम समयसम्म उरुग्वेलाई रोक्दा इजिप्टको डिफेन्स लाइन बलियो देखिएको थियो ।


ADVERTISEMENT

# # #


दोस्रो हाफमा उरुग्वेले गरेको केही उत्कृष्ट प्रहारहरु गोलमा परिणत हुन सकेन । स्टार खेलाडीहरु काभानी र स्वारेजले पहिलो हाफमा कमजोर खेल खेले पनि दोस्रो हाफ राम्रो रहृयो ।

इजिप्टले पाएका केही अवसर सदुपयोग गर्न सकेन । सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अफ्रिकन टोली इजिप्टले उरुग्वेसँग प्रतिस्पर्धात्मक खेल खेल्यो ।

च्याम्पियन्स लिगको फाइनलमा घाइते भएर मैदान छाडेका सलाह अहिले फिट रहेको र पहिलो खेलमै मैदान प्रवेश गर्ने सम्भावना बलियो रहेको प्रशिक्षक हेक्टर कुपरले बताए पनि उनलाई खेलाइएन ।