२ फागुन । स्रोतसाधन र बजेट अभावका कारण अस्तित्व नै सङ्कटमा परेको नेपालकै सबैभन्दा पुरानो चन्द्र नहरको स्वरुपलाई परिर्वतन गरिएको छ ।


ADVERTISEMENT


नहर सङ्कटमा परेपछि दुई वर्षअगाडि सिँचाइ मन्त्रालयले उक्त नहर पुनःनिर्माणका लागि रु एक अर्ब ५८ करोड को निर्माण योजनालाई स्वीकृत गरेको थियो जसको फलस्वरुप अहिले नहरको पूर्वाधार निर्माणका कार्य दु्रत गतिमा भइरहेको छ ।


ADVERTISEMENT

# # #


सन् १९२३ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९२३ मा सुरु भई सन् १९२७ मा निर्माण सम्पन्न भएको उक्त नहर सञ्चालन र व्यवस्थापनमा सुरुका दिन ध्यान दिइए पनि विगत ३५ वर्षदेखि बजेट र साधनस्रोत अपर्याप्त भएपछि सङ्कटग्रस्त बनेको थियो ।

कोसी र खाडो नदीको बाढी र भूस्खलनले नहर क्षतिग्रस्त भएपछि मर्मत नहुँदा सिँचाइको काम प्रभावित भएको थियो । पछिल्लो समयमा नहरका संरचना जीर्ण भएर कामै नलाग्ने अवस्थामा पुगेको कोसी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय राजविराजका इन्जिनियर तथा प्रविधिज्ञको भनाइ छ ।

करिब ३१ किलोमिटर लम्बाइ रहेको चन्द्र नहरको मूल नहरमा पक्की लाइनिङ, पुनःस्थापना, माटो सरसफाइ, नदी नियन्त्रण, ग्राभेलिङ, पुल, कल्भर्ट निर्माण तथा स्टिल गेट बनाउने काम भइरहेको छ ।