हुम्ला– सिमीकोट उड्डयन कार्यालयमा आज बिहानदेखि हवाई भाडा महँगीको विरोध गरी धर्ना दिइएको छ ।


ADVERTISEMENT


धर्नाले गर्दा यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् । हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्गेल तामाङको नेतृत्वमा भएको धर्नामा सम्पूर्ण राजनीतिक दल, स्थानीय निकायका पदाधिकारी, नागरिक समाज, व्यापारी, शिक्षक, बुद्धिजीविसमेतको सहभागिता छ । रासस


ADVERTISEMENT

# # #