मस्को– विश्वकप फुटबलको चौँथो दिन आइतबार ३ वटा खेलहरु हुँदैछन् । पहिलो खेलमा कोस्टारिका र सर्बिया, दोस्रोमा जर्मनी र मेक्सिको तथा अन्तिम खेलमा ब्राजिल र स्वीटजरल्याण्ड भिड्दैछन् ।


ADVERTISEMENT


यी टोलीहरुमध्ये ब्राजिल एक्लो टोली हो जसले सबै विश्वकप खेलेको छ । र, पछिल्लो ८० वर्षमा विश्वकपको कुनै पनि शुरुवाती खेलमा पराजित भएको छैन ।


ADVERTISEMENT

# # #


उता, साबिक विजेता जर्मनीले विश्वकप १९ पटक खेलेको छ । यो प्रतियोगिता उसको लागि लगातार सत्रौँ प्रतियोगिता हुनेछ ।

यस्तो छ आजको तालिकाः
१. कोस्टारिकबिरुद्ध सर्बिया (समूह ई) – समारा एरिना – साँझ ५ः४५ बजे
२. जर्मनीबिरुद्ध मेक्सिको (समूह एफ) – लुझनिकी स्टेडियम – राती ८ः४५ बजे
३. ब्राजिलबिरुद्ध स्वीटजरल्याण्ड (समूह ई) – रोस्तोव एरिना – राती ११ः४५ बजे

ब्राजिल ४८ वर्षदेखि समूह चरणको खेलमा अपराजित


ब्राजिल र स्वीटजरल्याण्ड यसअघि विश्वकपमा मात्र एक पटक भिडेका छन् । सन् १९५० मा भएको खेल २–२ को बराबरीमा सकिएको थियो ।

ब्राजिलले हालसम्म सर्वाधिक पाँचपटक विश्वकपको उपाधि जितेको छ । त्यस्तै, पछिल्लो १२ वर्ष समूह चरणको खेलहरुमा ऊ अपराजित रहेको छ ।

ब्राजिलले पछिल्ला शुरुवाती १८ मध्ये १८ खेल जितेको छ । अन्तिम पटक सन् १९३४ मा ब्राजिल विश्वकपको पहिलो खेलमा स्पेनसँग ३–१ गोलअन्तरले पराजित भएको थियो । नयाँ प्रशिक्षक टिटेको नेतृत्वमा ब्राजिलले पछिल्ला २१ खेलमध्ये एकमा मात्र हारको सामना गरेको छ ।

उता, स्वीटजरल्याण्ड अहिलेसम्म सन् २००६ को समूह चरणमा मात्र शीर्ष स्थानमा रहन सफल भएको छ । विश्वकपमा स्वीटजरल्याण्डको यो ११ औँ उपस्थिति हो ।

विश्वकपमा स्वीटजरल्याण्डले ३३ खेलमा ११ मात्र जीत हासिल गरेको छ भने ६ खेल बराबरीमा सकिएको छ ।

– कोस्टारिका ४ मध्ये ३ शुरुवाती खेलमा विजयी


कोस्टारिक र सर्बिया यसअघि एकपटक पनि विश्वकपमा आमने सामने भएका छैनन् । कोस्टारिका पाँचौ पटक विश्वकपमा खेल्दैछ । यो टोली सन् १९९० र २०१४ मा नकआउट चरणसम्म पुग्न सफल भएको थियो ।

त्यस्तै, उसले हालसम्म विश्वकपको चार मध्ये तीनवटा शुरुवाती खेलमा जीत हासिल गर्न सफल भएको छ ।

सन् २००६ मा ऊ जर्मनीसँग ४–२ गोलअन्तरले पराजित भएको थियो ।

फिफा वरियतामा २५ औँ स्थानमा रहेको कोस्टारिकाले ट्रिनिडाड एण्ड टोबागो र अमेरिकालाई हराउँदै विश्वकपको यात्रा तय गरेको हो ।

जर्मनीबिरुद्ध जीतविहीन मेक्सिको

TOPSHOT – Germany’s midfielder Toni Kroos (L) and Germany’s midfielder Thomas Mueller acknowledge the crowd following their 0-0 draw in the Euro 2016 group C football match between Germany and Poland at the Stade de France stadium in Saint-Denis near Paris on June 16, 2016. / AFP / FRANCK FIFE (Photo credit should read FRANCK FIFE/AFP/Getty Images)

यता, जर्मनी र मेक्सिको विश्वकपमा चौथो पटक भिड्दैछन् । तर, पछिल्लो तीन भिडन्तमा जर्मनी अपराजित रहेको छ ।

हालसम्म दुई टोली सबै प्रतियोगितामा ११ पटक आमने सामने भएका छन् जसमा मेक्सिकोले एकमा मात्र जीत हासिल गरेको छ ।

पछिल्लो पटक कन्फेडरेशन कपमा दुई टोली भिड्दा जर्मनी ४–१ ले विजयी भएको थियो । जर्मनी पछिल्ला ७ विश्वकपमा आफ्नो शुरुवाती खेल जितेको छ ।

यता, मेक्सिको पनि पछिल्लो पाँच विश्वकपमा आफ्नो शुरुवाती खेलमा अपराजित रहेको छ ।