संखुवासभा–संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ ।


ADVERTISEMENT


नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्दार गरेको हो ।


ADVERTISEMENT

# # #


उनीहरुको उद्दारपछि प्रारम्भिक स्वास्थ्य परीक्षण थालिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए ।

‘उहाँहरुलाई थप मनोसामाजिक उपचार र आरामका लागि सदरमुकाम ल्याउने तयारी गरेका छौं’, घिमिरेले भने, ‘अहिले घटनास्थलमा पुगेको स्वास्थ्यकर्मीको टोली प्रारम्भिक स्वास्थ्य जाँच गरिरहेको छ ।’