रसिया विश्वकपमा अहिले इटाली त छैन । तर उसका केही रेफ्रीहरु भने रसिया विश्वकपको हिस्सा छन् । यस्तै इटालीका कलाकार सिल्भियो गाजानिगाले डिजाइन गरेको विश्वकप ट्रफी पनि छ ।


ADVERTISEMENT


गाजानिगाले सन् १९७० मा ब्राजिलले तेस्रो पटक उपाधि जितेर जुलेस रिमेट कप कब्जा गरेपछि अहिलेको छ किलोको विश्वकप ट्रफी बनाएका थिए ।


ADVERTISEMENT

# # #


फिफाले नयाँ ट्रफीका लागि ५३ वटा प्रस्ताव पाएकोमा गाजानिगाले बनाएको दुई खेलाडीले पृथ्वी उचालेको ट्रफीको डिजाइन छनोट भएको थियो । ट्रफीको तस्बिरको अधिकार फिफाले लिएको छ ।

१८ क्यारेट सुन प्रयोग गरिएको अहिलेको ट्रफी ३६.८ सेन्टीमिटर अग्लो तथा ६.१ किलो गह्रुंगो रहेको छ ।