काठमाडौं – नेपाल प्रहरीले सुरक्षालाई थप मजबुद बनाउन ‘टोलटोलमा प्रहरी अभियान’ कार्यक्रमको सरुवात गरेको छ ।


ADVERTISEMENT


शनिबार नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आयोजित विशेष समारोहबीच उक्त अभियानको सुरुवात भएको हो । कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिक मैत्री प्रहरीको रुपमा छवी विस्तारमा तीव्रता ल्याउन ‘टोलटोलमा प्रहरी अभियान’ कार्यक्रमको सुरुवात गरेको बताए ।


ADVERTISEMENT

# # #


नेपाल सरकार गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना २०७४ बुँदा नम्बर ३७, एवं प्रहरी महानिरीक्षकका प्राथमिकतामा भएको ६ नं बुँदा अनुसार उक्त कार्यक्रम सुरुवात गरेको हो।

प्रहरी महानिरीक्षक खनालले टोलटोलमा प्रहरी अभियान कार्यक्रम हरेक नागरिकको मन–मनमा प्रहरी बस्नु पर्ने भन्दै सर्वसाधारणले प्रहरी हाम्रो लागि हो भनेर अनुभुत गर्न समाजका हरेक टोल–टोलमा प्रहरी पुग्नुपर्नेमा जोड दिए।

टोल–टोलमा खटिने प्रहरीले अपराध र अपराधीसंग कुनै सम्झौता नगरी नागरिक समाजप्रति प्रहरीको विश्वास बढाउदै लगिने समेत प्रहरी महानिरीक्षक खनालले बताए। कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोविन्द प्रसाद थापाले जनताको मनमनमा प्रहरी छ साथी भन्ने भावनाको विकास हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीले अभियान सफल बनाउन प्रहरीले सीमित स्रोत साधनको अधिकतम उपयोग गरी नागरिक समाजसँग मिलेर काम गर्नुपर्ने बताए।

यो प्रहरीको शक्तिलाई सदुपयोग गर्दै दण्डहीनताको अन्त्य गर्ने र कानुनको पालनामा जनतालाई समेत उत्साहित बनाउँदै सहभागी गराउने अभियान भएको अपराध अनुसन्धान महाशाखाका प्रमुख डीआईजी धीरु बस्नेतले हिमालय पोष्टलाई जानकारी दिए ।

डीआईजी बस्नेतका अनुसार ६-७ जना प्रहरीको टोलि समाजमा खटिनेछ, जसमा सामुदायिक प्रहरी पनि सहभागी हुनेछन् । यो शसक्त अभियान रहेको बताउँदै डीआईजी बस्नेतले अब समाजबाट अपराधका घटना व्यापक रुपमा न्यूनिकरण हुने बताए ।