एजेन्सी – विश्वकप फुटबलमा सबैभन्दा बलियो मानिएको टोली ब्राजिलले पछिल्लो समय लय गुमाएको छ । वर्तमान समयमा सबैभन्दा उत्कृष्ट फरवार्ड मानिएका नेइमारका हुँदा पनि ब्राजिल आफ्नो पूरानो लयमा छैन ।


ADVERTISEMENT


तर, ब्राजिललाई आज पनि एक बलियो टिममा गनिन्छ । किनकी पाँच पटकको विश्व विजेता ब्राजिलको यस सफलतामा ती खेलाडीको योगदान छ । जसलाई दुनियाँ पेले भनेर बोलाउँछ ।


ADVERTISEMENT

# # #


के थियो पेलेको करामत ?

फुटबलका जादूगर तथा ‘कालो मोती’ भनेर चिनिने पेलेको रेकर्ड त्यस्तो छ । जसको बराबरी आजसम्म कोही फुटबलरले गर्न सकेका छैनन् ।

उनकै उपस्थितिमा ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । तीन वटा विश्वकप जित्ने पेले दुनियाँकै एक्लो फुटबलर हुन् । यसका साथै सबैभन्दा कम उमेरमा विश्वकपमा गोल हान्ने, ह्याट्रिक गर्ने र फाइनल खेल्ने रेकर्ड आज ६० वर्षसम्म पनि यिनकै नाममा रहेको छ ।

ब्राजिल मात्र होइन संसारभर फुटबललाई लोकप्रिय बनाउने पेलेको नाममा जति रेकर्ड रहेका छन् । त्यती नै रोचक कहानी उनको नाममा पनि छ । सबैभन्दा रोचक कुरा त के हो भने संसारभर पेलेका नाममा परिचित उनको न त नाम पेले थियो न त थर नै ।

उसो भए कसरी रह्यो त पेले नाम ?

ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर, १९४० मा पेलेको जन्म भएको थियो । उनका बुवा क्लब स्तरका फुटबलर थिए भने आमा गृहिणी ।

उनका आमा बुवाले उनको नाम एडसन राखेका थिए । यो नाम राख्नुको कारणबारे पेलेले आफ्नो आत्मवृतान्त ‘व्हाई स्कोर म्याटर्स्’ मा बताएका छन्, ‘जतिबेला मेरो जन्म भएको थियो, ठिक त्यही समयमा हाम्रो सहरमा बिजुलीको बल्ब पुगेको थियो । मेरा आमाबुवा बल्बको प्रकाशबारे जानकार थिए । त्यसकारण उनले यसका आविष्कारक थोमस एल्वा एडिसनको सम्मानमा मेरो नाम एडिसन राखेका थिए । तर गल्तीले त्यो स्पेलिङ एडसन भयो ।’

यसरी पेलेको नाम एडसन भयो । उनको पूरा नाम एडसन एरेन्टस डो नासिमेन्टो हो । ब्राजिलमा यस्ता लामा नाम राख्नु सामान्य मानिन्छ । संसारमा सबैको उपनाम हुन्छ । जसबाट उसका परिवार र आफन्तले उसलाई बोलाउने गर्छन् ।

एडसन अर्थात् पेलेको पनि उपनाम राखिएको थियो डिको । पेलेका आमाबुवा, भाई बहिनी तथा साथीहरुले उनलाई डिको भनेर बोलाउँथे । डिकोका बुवा पनि फुटबल खेल्थे । तर २५ वर्षको उमेरमा घाइते भएपछि उनको फुटबल करियर क्लब स्तरभन्दा अघि बढ्न सकेन । त्यस कारण उनले आफ्नो छोरालाई फुटबलर बनाउने सपना देखे । त्यसका लागि उनको परिवार साउ पाउलोको बाउरु सहरमा बसाईसराई भयो ।

बच्चैदेखि मिलेको ट्रनिङले गर्दा उनको नाम सहरमा सुनिन थालेको थियो । तर, साधानको कमी थियो । पेले कहिले फाटा पूराना कपडाको बल बनाएर खेल्थे त कहिले ट्रेनमा राखेको छिमेकीको सामान चोरेर बेच्दै बल किन्ने पैसा जम्मा गर्थे । ९–१० वर्षको उमेरमा नै डिको उनका साथीहरुलाई जिल्ल पार्दै बल छकाउँन थाले । त्यस कारण अब उनको नयाँ नाम रहन गयो ग्यासोलिना ।

यसको अर्थ थियो ग्योसको जस्तै तीव्र गतीमा दौडिने । पेलेका अनुसार यो नाम उनलाई केही समयसम्म मन परेको पनि थियो । तर उनको नाम पेले कसरी रहनु गयो ? यसलाई लिएर केही दाबी हुन्छ । जुन दाबी जोडले गरिन्छ कि गेइलिक भाषामा पेलेको अर्थ फुटबल हुन्छ । त्यसैले उनको नाम फुटबल रहन गयो ।

तर यस दाबीलाई सही मान्न सकिन्न । किनकी गेइलिक आयरल्याण्डको आसपासको भाषा हो । र यसको कोही शब्द त्यो जमानामा हजारौँ माइल टाढाको बाउरू, ब्राजिल कसरी पुग्यो ? यसको केही ठोस आधार छैन ।

पेले शब्द हिब्रू भाषामा पनि छ । जहाँ त्यसको मतलब चमत्कार हो । तर नाइजेरियाको शब्द त्यो बेलामा ब्राजिलसम्म पुग्नु पनि असम्भव थियो । यसमा यही सवाल छ कि पेलेको नाम पेले कसरी रहन गयो ?त्यो बेलामा ब्राजिलमा पोर्चुगाली भाषाको चलन थियो र त्यसमा पेले शब्द कतैपनि आउँदैनथ्यो ।

तर जब उनलाई १५ वर्षको उमेरमा ब्राजिलको प्रख्यात क्लब स्याटोन्समा खेल्ने सौभाग्य मिल्यो र उनको नाम पेले रह्यो । पेले नाम राख्नुको बारेमा पेलेले आफ्नो उही ‘व्हाई स्कोर म्याटर्स्’ मा बताएका छन्, ‘पेले नाम कसरी आयो, कोही सत्य बताउन सक्दैनन् । तर मेरा मामा जर्जले बताएको कुरामा भने विश्वास गर्न सकिन्छ ।’

पेलेका मामा जर्ज उनी संगै बस्थे । केही वर्षसम्म उनको नोकरीबाट नै पेलेको परिवारले गुजारा चलाइरहेको थियो । जर्जका अनुसार बाउरूको स्थानीय फुटबल क्लब टीमका एक गोलकीपरको नाम थियो बिले, यो त्यही क्लब थियो जसमा पेलेका बुवाले पनि खेलेका थिए । बिले आफ्नो शानदार गोलकीपिङको कारण लोकप्रिय थिए ।

‘बच्चामा डिकोले केही खेलमा गोलकीपरको भूमिका पनि निभाउनु पथ्र्यो, जब उनी शानदार बचाउ गर्थे । मानिस भन्ने लागेका थिए कि यो दोस्रो बिले हो । त्यस कारण पेले पनि आफुलाई बिले मान्न लागेका थिए । हेर्दाहेर्दै यी बिले कहिले पेले बने यसको कसैलाई पत्तै छैन ।’

यद्दपी वरपरका मानिसहरु उनलाई पेलेका नामले चिन्न लागेका थिए । तर आधिकारिक रुपमा पेले बोलाउने चलन उनको स्याटोन्स क्लबमा जोडिएपछि सुरु भयो । अन्दाज लगाउन मुस्किल हुँदैन कि स्याटोन्स क्लबका प्रबन्धकले पेलेलाई एक ब्रान्डका रुपमा बदल्न लागि अहम् भूमिका निभाएका थिए ।

यसको सन्दर्भ उल्लेख गर्दै पेलेले ‘व्हाई स्कोर म्याटर्स्’ मा लेखेका छन्, ‘पेले एक अलग पहिचान बनिसकेको थियो । एडसन मिनासबाट आएको एक गरिब केटो थियो । जसलाई आफ्नो घर परिवारको याद आउँथ्यो । तर, दोस्रो अर्को पेले थियो जो किशोरावस्थामै राइजिङ स्टार थियो । जसमाथि अपेक्षा थियो कि एकदिन ऊ संसारको सबैभन्दा ठूलो खेलाडी बन्नेछ ।’

‘एडसन जो आफ्ना आफन्तका अगाडी पनि शर्माउथ्यो । उही पेले हजारौँको भीडमा क्यामराका सामुन्ने सहज किसिमले मुस्कुराउँथ्यो । एकै मानिसका दुई रुप थिए र दुई भिन्न वास्तविकता पनि । पहिलो व्यक्ति सामान्य जनता थियो । दोस्रो नयाँ थियो, बदलिरहेको थियो ।’

१६ वर्षको उमेरमा स्याटोन्स क्लबले जुन पेलेलाई ब्रान्ड बनायो । त्यसको चमक आज ६ दशकपछिसम्म पनि कायम रहेको छ र पेले ७८ वर्षको उमेरसम्ममा पनि संसारभर फुटबलको ब्रान्ड एम्बेस्डर बनेका छन् ।

-अनुवाद : रामचन्द्र पाण्डे