बेनी, म्याग्दी– बेनी नगरपालिका– २ गौश्वाराकी २० वर्षीया तारा शर्माको दुवै मिर्गौला खराब भएपछि पोखरास्थित मणिपाल अस्पतालको श्ययामा छट्पटाइ रहेही छन् ।


ADVERTISEMENT


शर्माले आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन याचना गरिरहेकी छन् । उनी दुई महिनादेखि मणिपाल शिक्षण अस्पतालमा उपचार गराउँदै आएकी छन् । आर्थिक अवस्था अत्यन्त कमजोर भएकी शर्मालाई हप्तामा दुई पटक डायलसिस गर्नुपर्ने हुन्छ ।


ADVERTISEMENT

# # #


एक पटक डायलसिस गरे रु पाँच हजार खर्च लाग्छ । दुवै मिर्गौला प्रत्यारोपण गर्न रु नौ लाख लाग्ने शर्माका दाजु गोकुलले बताए । “घरको अवस्था दयनीय छ, कमाइ केही छैन, मिर्गौला प्रत्यारोपण त परको कुरा भयो, डायलासिस गर्ने र औषधि किन्ने खर्चसमेत छैन,” उनले भने ।

दुई महिनादेखि छोरीको उपचारमा खटिएका खडानन्द थकित अवस्थामा छन् । वैदेशिक रोजगारीमा मलेशिया गएका छोरा गोकुल बिरामी परेर घर फर्किएका छन् । “भएको सम्पत्ति छोराको उपचारमा सकियो, अब छोरीको मिर्गौला प्रत्यारोपण गर्न रुपैयाँ छैन,” ६८ वर्षीय खडानन्दले भने ।