नवलपरासी– बुलिङटार गाउँपालिकाको अध्यक्षमा चार हजार ७०८ मत ल्याई काँग्रेसका शशीकरण बस्ताकोटी विजयी भएका छन्।


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विद्रोही गरीले दुई हजार ५५० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा काँग्रेसकी मैना विक चार हजार ६५३ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पार्वती थापाले दुई हजार ६१३ मत प्राप्त गरिन् ।


ADVERTISEMENT

# # #


यसअघि जिल्लाको हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकाको अध्यक्ष पदमा काँग्रेस विजयी भइससेको छ । एउटा गाउँपालिकाको उपाध्यक्षमा एमाले र तीनवटा गाउँपालिकाको उपाध्यक्ष पदमा काँग्रेस विजयी भएको छ ।