भक्तपुर– कन्टेनर ट्रकको ठक्करबाट मंगलबार एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनहरा पुल नजिक ना६ख ५६४० नंको ट्रकले बा८८प २८० नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक मध्यपुरथिमि राधेराधे बस्ने ३४ वर्षीय गणेश दुलालको बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रज्वल महर्जनले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


काभ्रेपलाञ्चोक, मण्डन देउपुर–६ स्थायी घर भएका दुलाल लामो समय विदेश बसेर केही साताअघि मात्रै नेपाल फर्किएर राधेराधे बस्दै आएका थिए । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर प्रहरीवृत्त थिमिमा राखेर अनुसन्धान गरिरहेको र शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । रासस