नुवाकोट – नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।


ADVERTISEMENT


ककनी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षमा मानबहादुर लामाले चार हजार ५३४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपेश लामाले तीन हजार ५९१ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


उपाध्यक्षमा माओवादी केन्द्रकै सीता लामाले चार हजार १३३ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी लजिता लामाले तीन हजार ६९७ मत ल्याएकी छन्। ककनीमा ८ वडा रहेकामा चार वडाको वडाध्यक्षमा माओवादी केन्द्र, तीन वडामा एमाले र एकमा काँग्रेस विजयी भएको छ ।

ककनी–१ मा एमालेका चन्द्रबहादुर श्रेष्ठ बलामी, वडा नं २ मा नेकपा (माओवादी केन्द्र)का केदार पौडेल, ३ मा माओवादी केन्द्रका घननाथ बजगाईं, ४ मा माओवादी केन्द्रका दिपेश तामाङ, ५ मा माओवादी केन्द्रका रामबहादुर लामा, ६ मा काँग्रेसका गोपाल लामा, ७ मा एमालेका पुष्कर बोगटी र ८ मा एमालेका शेषमान लामा वडा अध्यक्षमा विजयी भएको ककनी गाउँपालिकाका कार्यकारी अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए ।

नुवाकोटको शिवपुरीमा नेपाली काँग्रेस विजयी

नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित छवटा वडाको वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयीभएका छन् ।