काठमाडौँ– कोमाडौँको गोकर्णेश्वर नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा एमालेका पुण्य चौलागाईंलाई पराजित गर्दै नेपाली कांग्रेस सन्तोष चालिसे विजयी भएका हुन् ।


ADVERTISEMENT


विजयी भएका चालिसेले १० हजार ९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पुण्य चौलागाईले ७ हजार ५९५ मत ल्याएका थिए । यसैगरी तेस्रो स्थानमा माओवादी केन्द्रका टीआर नेपालले १६०५ मत ल्याए भने पुछारमा रहेका राप्रपाका श्याम श्रेष्ठले ७९१ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसले बाजी मारेको छ । कांग्रेसकी शान्ति नेपालले ८ हजार ५९८ मत मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति श्रेष्ठले ८ हजार ६२ मत मत प्राप्त गरिन् । माओवादी केन्द्रकी रेणुका कार्की १७३४ मत ल्याउदै पुछारमा परिन् ।