काठमाडौँ– संसारमा कुनै पनि मानिस सबै कुरामा सक्षम र सबल हुन्छन् भन्ने पक्कै हुदैन । उनीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै न कुनै कुरामा निर्भर भएकौ हुन्छन् । यसको तात्पर्य के हो भने संसारमा केही पनि सबल छैन ।


ADVERTISEMENT


संसारका सबै मानिसहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सबै जान अपांगता भएको ब्यक्ति हुन् भन्दन फरक नपर्ला। के सबै अपांगताहरु देखिने मात्रै हुन्नुपर्छ भन्ने छ ? पक्कै पनि छैन १ सामाजिक, मानसिक समस्याहरु भएको व्यक्तिहरु पनि त अपांगता भएको व्यक्ति हुन । यस्तो थुप्रै नदेखिने अपांगता छन् जसलाई समाजले नियालेकै छन् ।


ADVERTISEMENT

# # #


विश्व स्वास्थ संगठनको सन् २०११ को प्रतिवेदन अनुसार नेपाल जस्तो अल्पविकसित र विकासोन्मुख देशहरुमा कुल जनसंख्याको १५ प्रतिशत मानिसमा कुनै न कुनै किसिमको अपांगता भएको व्यक्तिहरु छन् । नेपालमा अपांगताभएको व्यक्तिहरुको हक अधिकारको प्रत्याभुति गर्न र विकासका सबै क्षेत्रमा उनिहरुको पहुँच स्थापित गरी राष्ट्रिय मूलधारमा समावेशीकरण गर्न नेपाल सरकारबाट विविध समयमा संविधान, कानुन, नियमावलि नीतिहरु र निर्देशकाहरुद्वारा मार्गदर्शन हुँदै आएको छ ।

अपांगता भएको व्यक्तिहरुको हक अधिकार संरक्षण, प्रवर्धन र संवर्धनको लागि २०५० साल देखि राष्ट्रिय अपांग महासंघले नेपालमा निरन्तर रुपमा काम गरिरहेको अवस्था छ । तापनि अपांग भएका व्यक्तिहरुको हक अधिकारको स्थापना र विकासमा अपेक्षित उपलब्धि हुन नसकिरहेको अवस्था विद्यमान छ ।

अपांङ्गतामा भएका व्यक्तिको अधिकारसम्बन्धि महासन्धि नेपालले हस्ताक्षर गरी अनुमोदन गरिसकेको सन्दर्भमा लोकतान्त्रिक संघीयय गणतन्त्र नेपालको संविधान २०७२ ले अपाङ्गता भएका व्यक्तिहरुको भावनाको प्रतिनिधित्व गरेको छ । तर पनि उनीहरुको हक अधिकार अझै बलियो भएको अवस्था छैन ।

अझै अहिले संघीय सरकार आएपछि त नगरपालिकामा ती बहुदलीय विकास निकायहरूबीचमा समन्वय र कार्यान्वयन गर्ने संरचना र निकायहरु यथास्थानमा छैनन् र सरकारी निकायहरुको बीचमा समन्वय गर्ने संयन्त्र र प्रक्रियाको अभाव देखिन्छ।
अर्कोतिर राष्ट्रिय नीति तथा कार्ययोजनाको नगरपालिकास्तरमा कस्तो स्वरुप हुने हो ? र कस्को कति जिम्मेवार हुने हो ? कुन निकायले समन्वय र नेतुत्व गर्ने हो भन्ने बारेमा स्पष्ट कुनै लिखित दस्तावेज नहुँदा अपांङ्गता सम्बन्धी नीति तथा कानुनहरुले अपेक्षित कार्यान्वयन हुन नसक्ने अवस्था छ । जसको परिणामस्वरूप विद्यमान कानुन तथा नीतिबाट पाउने न्यूनतम सुविधा र अवसरहरुबाट पनि बन्चित हुनुपरेको अवस्थामा छ ।

यस्तो अवस्थामा नेपालको अपाङ्ग सम्बन्धी नीति तथा कार्ययोजनाको मर्म र भावना परिलक्षिति उद्देश्य र कार्ययोजना अनुरुपको प्रतिफल हासिल गर्न राष्ट्रिय अपांङ्ग महासंघको अगुवाइमा विभिन्न जिल्लाका युवाहरुलाई एउटा समुह मलाई पनि गणना गर्नुहोस् (काउन्ट मी) भन्ने अभियान सुरु गरेको छ ।

यस अभियान अन्तर्गत यस समुहको बुढानिलकण्ठ नगरपालिका र तार्केश्वोर नगरपालिकाको मेयरसंग साथै सरकारी निकायमा गई आफ्नो अभियानको काम सुरु गरिसकेको अवस्था रहेको छ । यस अभियान अन्तर्गत युवाले अब बन्ने संघीय सरकारमा अपाङ्गता अधिकारको लागि काम गर्ने छन्।

अभियानमा नेपालको कानुनी सम्बन्धि विषय अधिवक्ता सुनिल पोखरेल र सुदर्शोन सुबेधीबाट सिकाईको थियो । साथै यस अभियान राष्ट्रिय अपाङ्ग महासंघको अगुवाइमा इनएवलमेन्ट नेपालको सहयोगमा हिजो एक अभिमुखी कार्यक्रम संचालन गरिएको थियो