काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा सम्बोधन गर्दैछन् । ६ दिने चीन भ्रमणबाट आइतबार स्वदेश फर्केका प्रधानमन्त्रीले आफ्नो भ्रमण र उपलब्धीबारे जानकारी गराउन सम्बोधन गर्न लागेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले दिउँसो २ बजे प्रतिनिधिसभा बैठकलाई संबोधन गर्ने कार्यक्रम रहेको उनको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


चीन भ्रमणका क्रममा भएका रेललगायतका सम्झौता र त्यसबाट नेपाललाई हुने फाइदाबारे जानकारी गराउन लागेका हुन् ।