काठमाडौं– दरबारमार्गस्थित रोयल साइनो रेस्टुराँमा आइतबार साँझ राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का अधिकृतबीच ग्याङ फाइट भएको छ ।


ADVERTISEMENT


दुई समूहमा विभाजित अधिकृतबीच मुक्का प्रहार र हात हालाहालसमेत भएको थियो । प्रहरी नायव उपरीक्षक (डीएसपी) उपअनुसन्धान निर्देशकबाट प्रहरी निर्देशकमा बढुवा हुने विषयमा दुई समूहबीच ठूलै विवाद भएपछि हात हालाहालको स्थिति बनेको थियो ।


ADVERTISEMENT

# # #


उपअनुसन्धान निर्देशकद्वय सुरेन्द्र कोइराला र टेकराज तिमिल्सिनाको समूहबीच हात हालाहाल भएको थियो । – आजको नेपाल समाचारपत्रबाट