काठमाडौं–रसियामा जारी विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ ले हराउँदै सतप्रतिशत जित निकालेर समूह विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।


ADVERTISEMENT


रोस्तोभ एरेनामा आइसल्याण्डलाई हराउँन क्रोएसियाका बाडिल र पेरिसिकले गोल गरे । आइसल्याण्डका लागि गिल्फ सिगरसनले गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलको ५३औं मिनेटमा बाडिलको गोलमार्फत लिएको थियो । तर आईसल्याण्डका गिल्फ सिगरसनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले पेनाल्टीमार्फत ७६ औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

९ खेलाडी परिवर्तन गरेको क्रोएसियाले खेलको ९० औ मिनेटमा पोरिसिकले निर्णायक गोल गर्दै २–१ को जित निकाले । एक खेल अगावै नकआउट चरण पुगिसकेको क्रोएसिया सतप्रतिशत जितसहित ९ अंक भएको छ । अब उसले समूह सीको उपविजेता डेनमार्कसँग प्रतिश्पर्धा गर्नेछ ।

आईसल्याण्ड एक अंकसहित समूहको अन्तिममा रहेर प्रतियोगिता टुंग्याएको छ । यही समूहको अर्को खेलमा अर्जेन्टिनाले नाइजेरियालाई समान २–१ गोल अन्तरले हराउँदै समूहको उपविजेता भएर अन्तिम १६ मा प्रवेश गर्‍यो ।