एजेन्सी–अर्जेन्टिनाका भूतपूर्व खेलाडी डिएगो म्याराडोनाले आफू सकुशल भएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार राती अर्जेन्टिना र नाइजेरियाबीच भएको समुह चरणको खेल हेर्दै गर्दा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । म्याराडोनाले आफ्नो गर्दन निकै दुखेको बताएपछि एकजना चिकित्सकले उनको स्वास्थ्य परिक्षण गरेका थिए ।


ADVERTISEMENT

# # #


खेलको मध्यान्तरमा स्वास्थ्यकर्मीले परिक्षण गरिरहेको तस्बिर उनले इन्स्टाग्राममा हालेका थिए । यद्यपी, उनले आफूलाई अस्पताल लगेको कुरा भने अस्विकार गरेका छन् ।

‘म सकुशल भएको कुरा सबैलाई भन्न चाहन्छु,’ उनले लेखेका छन् ।

‘मलाई डाक्टरले जाँचे र दोस्रो हाफअघि नै घर जान भनेका थिए तर म बस्न चाहन्थें किनभने हामीले सबैकुरा दाउमा राखेका थियौं । म यत्तिकै कसरी जान सक्थें र ?’

सो खेलको अन्तिमतिर अर्जेन्टिनाले नाइजेरियालाई थप एक गोल गरेर दोस्रो चरणमा प्रवेश गराएको थियो ।

नाइजेरियाले गोल फर्काएर खेललाई १–१ को बराबरीमा पुर्याउँदा म्याराडोना आँसु झार्दै गरेको देखिएका थिए । उक्त खेलमा विजयी नभएको भए अर्जेन्टिना विश्वकपबाट बाहिरिन्थ्यो ।

रोहोले खेलको अन्तिम समयमा गोल गरेपछि म्याराडोनाले दुबै हातको माझी औंला उठाएर अभद्र संकेत गरेको देखियो ।

बीबीसी रेडियो फाइभ लाइभसँगको कुराकानीमा म्याराडोनाका पूर्वप्रतिनिधी जन स्मिथले भने, ‘म्याराडोना निकै उर्जाशील व्यक्ति हुन् र उनी पहिलेदेखि नै त्यस्तै छन् । सन् १९७० र १९९० को दशकमा म उनीसँग हुँदा उनी जीवनको उचाईमा थिए । अहिले उनको समस्या भनेको अनिन्द्रा हो त्यसैले उनी निन्द्रा लाग्ने औषधी खान्छन् । ’

उनका अनुसार कहिलेकाँही उनी आफैंलाई हास्यास्पद बनाउन रुचाउँछन् । उनी भन्छन्, ‘मानिसहरुले उनको निकै आलोचना गर्छन्, किन गर्छन् मलाई थाहा छ । तर उनी राम्रो मन भएका मायालु व्यक्ति हुन् ।’