नेपालगञ्ज– डाक्टर गोविन्द केसी अनसनका बस्नका लागि जुम्लातिर प्रस्थान गरेका छन् । चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको भन्दै उनले १५ औँ पटक जुम्लामा अनसन बस्ने यसअघि नै सरकारलार्इ चेतावनी दिएका थिए ।


ADVERTISEMENT


सरकारको ध्यानाकर्षण गर्न भन्दै उनी जुम्लामा अनसन बस्न गएका हुन् । उनको अनसन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा हुने जनाइएको छ ।


ADVERTISEMENT

# # #


विहीबार नेपालगञ्ज आइपुगेका डाक्टर केसी जुम्लाका लागि नेपालञ्जबाट सार्वजनिक जीप चढेर प्रस्थान गरेका हुन् । उनको साथमा भाइ इश्वर केसी समेत रहेका छन् । यसलार्इ उनले निर्णायक अनसनको संज्ञा दिएका छन् ।

यसअघि पटकपटक अनसन बसिसकेका डा। केसीले सरकारले विगतमा पटकपटक आफूसँगका सहमति कार्यान्वयन नगरेर धोका दिएको आरोप लगाउँदै आएका छन् ।